Office Information 2075-12-12
सिरहा जिल्ला : एक परिचय
जिल्लाकाे सामान्य परिचय तथा भु–उपयाेग
मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको यो जिल्लाको प्राकृतिक बनाबट हेर्दा दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन छ । प्रशासनीक विभाजनको रुपमा ४ वटा निर्वाचन क्षेत्र‚ प्रदेश सभाको लागि ८ वटा निर्वाचन क्षेत्र, ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका कायम गरिएको यस जिल्लाको सदरमुकाम सिरहा हो भने मिर्चैया‚ गोलबजार र लहान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन । यस जिल्लाको भू–उपयोग निम्नानुसार रहेको छ :
- कुल क्षेत्रफल – १२२७९६.९ हे.
- कृषि क्षेत्रफल – ७१०११ हे. (५७.८३%)
- खेतीयोग्य जग्गा – तराई ६५८१० हे. (९२.६%)
- खेतीवारी योग्य जग्गा – ३६२४ हे. (५.५%)
- पाखो जग्गा – १५७७ हे. (२.३%)
- वन क्षेत्र – २७७०७.९५ हे. (२२.६%)
- चरण क्षेत्र – १३१४.२ हे. (१५.५%)
- आवादी नभएको क्षेत्र – ७५८९ हे. (६.१%)
- घडेरी तथा पोखरी इनार – ६४३१.९५ हे. (५.२%)
- नदीनाला तथा अन्य – ८७४२.८ हे. (७.२%)
भौगोलिक अवस्थिति :
- अक्षांश २६°३३ देखि २६°५५ उत्तर
- देशान्तर ८६°६ देखि ८६°२६ पूर्वसम्म
- उचार्इ ७६ मिटर देखि ८८५ मिटरसम्म
- औषात लम्वाई पुर्व पश्चिम २९.७ कि.मी.
- औषत चौडाई उत्तर दक्षिण ४२.४ कि.मी.
- कुल क्षेत्रफल १२२८ वर्ग कि.मी.
राजनैतिक विभाजन :
- मधेश प्रदेश
- निर्वाचन क्षेत्र ४
- नगरपालिका ८ (सिरहा‚ लहान‚ मिर्चैया, गोलबजार, सुखिपुर, कल्याणपुर, कर्जन्हा र धनगढीमार्इ)
- गाउँपालिका ९ (अर्नमा, औरही, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी, विष्णुपुर, नरहा, लक्ष्मीपुर पत्तारी र वरियारपट्टी)
जिल्लाकाे सिमाना :
- पूर्व सप्तरी जिल्ला
- पश्चिम धनुषा जिल्ला
- उत्तर उदयपुर जिल्ला
- दक्षिण भारतको विहार राज्यकाे मधुवनी जिल्ला
जलवायु :
नेपालको मधेश प्रदेशको तराईमा अवस्थित यस जिल्लाको अधिकतम तापक्रम ४०° सेल्सियस र न्युनतम १०° सेल्सियस सम्म रहने गर्छ । यस जिल्लाको बार्षिक औषत बर्षा १४६७ मि.मि. र आद्रता औषत ९०.५ भएको पाइन्छ । जिल्लाको अधिकांस बर्षा मनसुनी हावाले ल्याउछ जुन जेष्ठ महिनाको अन्तिमतिर सुरु भएर असोज महिनासम्म रहन्छ ।
.bmp)
