Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिराहा

शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

सिरहा जिल्ला : एक परिचय

जिल्लाकाे सामान्य परिचय तथा भु–उपयाेग

मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको यो जिल्लाको प्राकृतिक बनाबट हेर्दा दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन छ । प्रशासनीक विभाजनको रुपमा ४ वटा निर्वाचन क्षेत्र‚ प्रदेश सभाको लागि ८ वटा निर्वाचन क्षेत्र, ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका कायम गरिएको यस जिल्लाको सदरमुकाम सिरहा हो भने मिर्चैया‚ गोलबजार र लहान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन । यस जिल्लाको भू–उपयोग निम्नानुसार रहेको छ :

  • कुल क्षेत्रफल                 –       १२२७९६.९ हे.
    • कृषि क्षेत्रफल                –     ७१०११ हे.  (५७.८३%)
    • खेतीयोग्य जग्गा          –     तराई ६५८१० हे.  (९२.६%)
    • खेतीवारी योग्य जग्गा   –     ३६२४ हे. (५.५%)
    • पाखो जग्गा                  –     १५७७ हे. (२.३%)
  • वन क्षेत्र                        –       २७७०७.९५ हे.  (२२.६%)
  • चरण क्षेत्र                     –       १३१४.२ हे.  (१५.५%)
  • आवादी नभएको क्षेत्र     –       ७५८९ हे.  (६.१%)
  • घडेरी तथा पोखरी इनार –      ६४३१.९५ हे.  (५.२%)
  • नदीनाला तथा अन्य      –      ८७४२.८ हे.  (७.२%)

भौगोलिक अवस्थिति :

  • अक्षांश             २६°३३  देखि २६°५५ उत्तर
  • देशान्तर           ८६°६ देखि ८६°२६ पूर्वसम्म
  • उचाई              ७६ मिटर देखि ८८५ मिटरसम्म
  • औषात लम्वाई   पुर्व पश्चिम २९.७ कि.मी.
  • औषत चौडाई     उत्तर दक्षिण ४२.४ कि.मी.
  • कुल क्षेत्रफल १२२८ वर्ग कि.मी.

राजनैतिक विभाजन :

  • मधेश प्रदेश
  • निर्वाचन क्षेत्र     ४
  • नगरपालिका     ८  (सिरहा‚ लहान‚ मिर्चैया, गोलबजार, सुखिपुर, कल्याणपुर, कर्जन्हा र धनगढीमाई)
  • गाउँपालिका     ९ (अर्नमा, औरही, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी, विष्णुपुर, नरहा, लक्ष्मीपुर पत्तारी र वरियारपट्टी)

जिल्लाकाे सिमाना :

  • पूर्व                सप्तरी जिल्ला
  • पश्चिम            धनुषा जिल्ला
  • उत्तर              उदयपुर जिल्ला
  • दक्षिण            भारतको विहार राज्यकाे मधुवनी जिल्ला

जलवायु :

      नेपालको मधेश प्रदेशको तराइमा अवस्थित यस जिल्लाको अधिकतम तापक्रम ४०° सेल्सियस र न्युनतम १०° सेल्सियस सम्म रहने गर्छ । यस जिल्लाको बार्षिक औषत बर्षा १४६७ मि.मि. र आद्रता औषत ९०.५ भएको पाइन्छ । जिल्लाको अधिकांस बर्षा मनसुनी हावाले ल्याउछ जुन जेष्ठ महिनाको अन्तिमतिर सुरु भएर असोज महिनासम्म रहन्छ ।

 


पछिल्लो अपडेट गरिएको : 2083-04-06 11:57:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिराहा